
इलाम, मंसिर २६ । इलाम नगरपालिका–७, चोकबजारमा निर्माण गरिएको महिला चिया मजदुरको सालिक अनावरण गरिएको छ ।
इलाम नगरपालिकाद्वारा निर्माण गरिएको सालिकको नगरपालिकाका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले संयुक्तरुपमा अनावरण गर्नुभएको हो ।
इलामको इतिहास बोकेको चिया र चिया टिप्ने मजदुरको सम्मानस्वरुप सालिक निर्माण गरिएको मेयर बस्नेतले बताउनुभयो ।
पहिले यस स्थानमा राजाको सालिक थियो । तर, गणतन्त्र आएपछि चिया टिप्ने मजदुरको सालिक निर्माण गरिएको उहाँले बताउनुभयो ।
राजाका पालामा प्रजाको सम्मान नहुने गरेको उल्लेख गर्दै गणतन्त्रले प्रजा र मजदुरकोसमेत सम्मान हुनेगरी सालिक निर्माण गरिएको उहाँले बताउनुभयो ।
वि.सं. १९२० मा तत्कालीन बडाहाकिम गजराज सिंहले नेपालमा चिया रोप्ने कार्यको सुरुआत गरेको इतिहास छ ।
इलाम नगरपालिकाले पछिल्लो समयमा नगरका विभिन्न स्थानमा इतिहास बोकेका सालिकहरु राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्