
संखुवासभा, मंसिर २६ । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
तुम्लिङटारबाट खाँदबारीतिर आउँदै गरेको को२त ४३१९ नम्बरको ट्याक्टर र खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको ना४५प २०७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका खाँदबारी–१, चाँदनीचोकका २५ वर्षीय दिवश राईको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले बताउनुभयो ।
मोटरसाइकलमा सवार २७ वर्षीय मनोज सोनाम लिम्बुलाई मनकामना अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
दुर्घटनापछि ट्याक्टरचालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्