१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रिन्सले जिते उपाधि


0
Shares

काठमाडौं, मंसिर २६ । तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहालले जितेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा शुक्रबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई सोझो सेटमा हराउँदै प्रिन्सले उपाधि जितेका हुन् । प्रिन्स २१–१४ र २१–१० ले विजयी भए ।

सेमिफाइनलमा पहिलोपटक नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गर्दै प्रिन्सले फाइनल यात्रा तय गरेका थिए ।

जितसँगै प्रिन्सले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपविजेता नवीनले ५५ हजार ५ सय रुपैयाँ पाए ।

देशकै सर्वाधिक पुरस्कार राशि राखिएको प्रतियोगिता कोरोनाले प्रभावित बनेको खेलकुदलाई चलायमान बनाउन आयोजना गरिएको आयोजकको दाबी छ ।

आयोजक तोप क्लबका अध्यक्ष अशोक कार्कीले अर्को वर्षदेखि महिलाको स्पर्धा पनि थपिने बताउनुभयो ।