१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘सीसीएमसी’ले खर्च विवरण सार्वजनिक गर्ने


0
Shares

काठमाडौं, मंसिर २६ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोभिड कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको समितिको बैठकले कोभिड नियन्त्रणसम्बन्धी कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ कोषको खर्च विवरण प्रकाशन गर्ने निर्णय गरेको हो ।

बैठकमा समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना खोप ल्याउने सम्बन्धमा भइरहेको प्रगतिबारेमा जानकारी लिनुका साथै जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा पनि छलफल गर्नुभएको छ ।

संयोजक पोखरेलले कोरोना खोपसँग सम्बिन्धत विषयमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरुसँग सामूहिक छलफल गर्नुभएको हो ।

बैठकमा कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइका सम्बन्धमा छलफल भएको बुझिएको छ ।