
डडेल्धुरा, मंसिर २७ । पश्चिम सेती जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशका जनतालाई आश्वासनमात्र देखाएको भन्दै सुदूरपश्चिमका युवाहरुले यसलाई गति दिन माग गरेका छन् ।
नेताका लागि हरेक निर्वाचनको एजेन्डा र सस्तो लोकप्रियता कमाउने माध्यम बनेको भन्दै उनीहरुले आयोजना कार्यान्वयनमा जोड दिएका छन् ।
परियोजनाले विगत चार दशकदेखि आश्वासनमात्रै बाँडेको भन्दै युवाहरुले दबाबमूलक कार्यक्रम अघि सारेका छन् ।
स्थानीय समाजसेवी गुणाकर चटौतले सुदूरपश्चिममा ठूला विकास पूर्वाधार निर्माण गरी जनजताको जीवनशैली परिवर्तन गर्ने सोच नभएको भन्दै नागरिक तहबाट आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
७५० मेघावाट जलविद्युत् उत्पादन क्षमता रहेको पश्चिम सेती नदीमा सरकारको ठोस नीति तथा सन्तुलित विकासको चाहना नै नभएको कारण सुदूरपश्चिम पिछडिएको उनीहरुको निष्कर्ष छ ।
सडक, खानेपानी, सिँचाइ, शिक्षालगायतका आधाभूत विकास निर्माणका कामबाटसमेत सुदूरपश्चिमका बासिन्दा वञ्चित भएका छन् ।
चार जिल्लाका प्रभावित स्थानीयहरुको बसोबास क्षेत्रमा पश्चिम सेती बन्ने आश्वासनमात्र बाँडेको भन्दै यसपटक भने उनीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्