
web pic
तनहुँ, मंसिर २७ । सेती नदीको बीचमा फेला परेको शवलाई नेपाली सेनाले निकलेको छ ।
शनिबार सेती नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा रहेको पुरुषको शव सेनाले निकलेको हो ।
नदीको बीचमा रहेको शव घिरिङ गाउँपालिकाका २९ वर्षीय बलसिंह रानाकोे भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
आफन्तले यही मंसिर २५ गते रानालाई खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।
राना ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका १३ स्थित सेती नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
सेतीको बीच भागमा अड्किएको अवस्थामा रहेको शवलाई नेपाली सेनाले निकालेको हो ।
प्रतिक्रिया दिनुहोस्