
काठमाडौं, मंसिर २७ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाँच हजार २४२ स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।
थप १५ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ सय ८९ पुगेको छ ।
थप १,३५९ संक्रमणमुक्त
पछिल्लो २४ घन्टामा देशभर थप १३ सय ५९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ३४ हजार २३१ पुगेको छ ।
हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्