२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने शक्ति नेकपासँग मात्रै : दाहाल


0
Shares

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै सुदृढ गर्ने शक्ति आफूहरुसँग मात्र रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसकी नेत्री कौसर साहलाई नेकपा प्रवेश गराउन शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नेकपाले मात्र गणतन्त्रको रक्षा गर्न सक्ने बताउनुभएको हो ।

देशलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढाउनेक्रममा विभिन्न चुनौती र समस्या आएपनि त्यसलाई सामना गर्ने क्षमता नेकपासँग मात्रै रहेको उहाँको जिकिर थियो ।

अध्यक्ष दाहालले समाजवादउन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिस्ट पार्टीकै काँधमा रहेको बताउनुभयो ।

अन्याय, अत्याचारलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै : नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको मुक्तिका लागि, राष्ट्रको स्वाभिमान माथि उठाइ जनतालाई सुख र समृद्धि दिने अभियानमा पार्टीमा प्रवेश गरेको भन्दै साहलाई स्वागत गर्नुभयो

नेता नेपालले समाजमा रहेका विकृति, विसंगति, भेदभाव, अन्याय, अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको बताउनुभयो ।

साह दोस्रो संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य रहनुभएको थियो ।

नेपाली कांग्रेसको राजनीतिक विचार र संगठनात्मक कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साह नेकपा प्रवेश गर्नुभएको हो ।