१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कटानमा परेको जनताको जग्गा जनतालाई फर्काउँछौं : मन्त्री पुन


0
Shares

बर्दिया, मंसिर २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बर्दियाको गेरुवा गाँउपालिका–४ स्थित गेरुवा नदी बगरमा रहेको रानीबधुवा क्षेत्रको शनिबार अनुगमन गर्नुभएको छ ।

उहाँले नदी कटान रोक्न र तटबन्धका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको र केही समयपछि नै काम थाल्ने जानकारी दिनुभयो ।

मन्त्री पुनले कटानमा परेको जनताको जग्गा जनतालाई फर्काउने अभियान जारी राख्ने आश्वासन दिनुभयो ।

राजापुर क्षेत्र अन्नको भन्डार भएकाले बुढीकुलो–ओखरिया इन्टेकलाई सुधार गर्न बालुवा थिग्राउने मेसिनलगायत आवश्यक उपकरणका लागि सहयोग गर्ने उहाँले बताउनुभयो ।

मन्त्री पुनले शनिबारै बर्दियाको राजापुर नगरपालिका–२ मा रहेको नयाँगाउँ सबस्टेसनको उद्घाटन पनि गर्नुभयो ।

सबस्टेसनको निर्माणसँगै राजापुर क्षेत्रको विद्युत् वितरण भरपर्दो बन्ने उहाँको भनाइ थियो ।

मन्त्री पुनले उज्यालो नेपाल अभियान जारी राख्न आफू निरन्तर लागिपरेको बताउनुभयो ।