३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य बढ्यो


0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रुपैयाँले मूल्य बढाइएको हो ।

मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत राखिएको समेत निगमले जनाएको छ ।

आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।