१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्तरिक पर्यटककै भरमा पर्यटन क्षेत्र


0
Shares

काठमाडौं । कोरोना संक्रमणको त्रासले लामो समयदेखि सुनसान रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा चहलपहल बढ्न थालेको छ ।

सरकारले पयर्टन क्षेत्र खोल्ने अनुमति दिएपनि संक्रमणको डरले घुम्न नगएका आन्तरिक पर्यटकहरुको विस्तारै चहलपहल बढ्न थालेको हो ।

कोरोना संक्रमणका कारण करिव १० महिना देखि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरीका सबै होटलहरु खुलीसकेका छन् ।

आन्तरीक पर्यटकको आगमन हुन थालेपछि होटल व्यवसायीहरु खुशी भएका छन् । लामो समय सम्म ठप्प रहेको व्यवसायमा केही मात्रामा भएपनि सुधार हुँदा व्यवसायीलाई केही राहत महशुस भएको छ ।

२ दर्जन बढी होटल र १ दर्जन होम स्टेको व्यवसाय धरापमा परेपछी आफुहरु निकै मारमा परेको होटल व्यपसायी तथा पर्यापर्यटन विकास मञ्चका निवर्तमान अध्यक्ष मोहन चौधरीले जानकारी गराउनुभएको छ ।

विदेशी पर्यटकमा निर्भर रहेको नेपालको पर्यटन क्षेत्र अब केही समय सम्म आन्तरिक पर्यटकले नै चलाउनु पर्ने देखिन्छ ।

हाल आन्तरीक पर्यकटकै भरमा नेपालको पर्यटन क्षेत्र रहेको पर्यापर्यटन विकास मञ्चका सचिव श्रीधर पोखरेलले जानकारी गराउनुभयो ।

लामो समयको लकडाउन र घर भित्रै अटसपटस भएर बस्नुपर्ने बाध्यतामा सामान्यतया आवागमन सहज हुँदा आफुहरु निकै खुशी भएको पर्यटकहरु बताउँछन् ।

पछिल्लो समय आन्तरिक पर्यटक आउँदा व्यवसायी त खुशी नै छन् निकुञ्जमा राजश्व समेत संकलन सुरु भएको छ ।

पर्यटन क्षेत्र चलायमान नहुँदा रोजगारको अवसर गुमाएका र पर्यटन व्यवसायीहरुले बेहोरेको घाटाको विषयमा सरकारको ध्यान दिनु जरुरी देखिन्छ ।

विदेशी पर्यटकमा निर्भर नेपालको पर्यटन क्षेत्र अब आन्तरिक पर्यटकले नै धान्छ भन्ने सन्देश दिन सरकार चुक्न नहुने देखिन्छ । (भिडियो)