२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

टोटनह्याम र क्रिष्टल प्यालेसले बराबरी खेले, लिभरपुललाई रोक्यो फुल्हमले


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपरलाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ ।

गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरे ।

८१ औं मिनेटमा प्यालेसका जेफ्रे स्लपले एक गोल गर्दै खेल बराबरी गरेका हुन् । गएराति भएको अर्को खेलमा लिभरपुल पनि बराबरीमा रोकियो ।

तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुललाई फुल्हमले १–१ गोलको बराबरीमा रोकेको हो ।

गएराति आर्सनललाई बर्नलेले १–० ले हराउँदा लेष्टर सिटीले ब्राइटनमाथि ३–० को जित निकाल्यो ।

यसैंगरी साउथह्याप्टनले शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्‍यो । गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलमा १२ खेलबाट २५ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको लिभरपुलको पनि समान २५ अंक छ ।

२४ अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा उक्लिँदा २३ अंक जोडेको साउथह्याम्पटन चौथो तथा २२ अंकसहित चेल्सी पाँचौ स्थानमा झरेको छ । एजेन्सी