४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


मेस्सीको गोलले बार्सिलोना विजयी


0
Shares

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनाले लेभान्तेलाई १–० ले हराएको छ ।

घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले ७६ औं मिनेटमा निर्णायक गोल गरे । जितपछि ११ खेलबाट १७ अंक जोडेको बार्सिलोना तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

१२ खेलबाट ११ अंकसहित लेभान्ते १८ औँ स्थानमा छ । शिर्ष स्थानको रियाल सोसिडाड र दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान २६ अंक रहँदा २३ अंकसहित रियाल मड्रिड तेस्रो स्थानमा छ ।

ला लिगामा गएराति भएका अन्य खेलहरुमा ग्रानाडाले एल्चेलाई १–० ले पराजित गर्दा रियाल सोसिडाड र आईबार तथा रियाल बेटिस र भियारियालले १–१ गोलको बराबरी खेलेका छन् ।एजेन्सी