१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिप्लवको गतिविधीको निगरानी गर्न प्रधानसेनापतिको निर्देशन


0
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द बिप्लव समूहको गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

पछिल्लो समय बिप्लव समूहका गतिविधि हिंसात्मक बन्दै गएको भन्दै अलर्ट रहन उहाँले निर्देशन दिनुभएको हो ।

देशका विभिन्न गुल्महरूको भ्रमणका क्रममा प्रधानसेनापति थापाले गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहन निर्देशन दिनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हिउँदमा कोरोना संक्रमण थप बढ्न सक्ने भएकोले सुरक्षा मापदण्ड पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

थापाले महामारीको समयमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग पु¥याउन सैनिक कमाण्डरहरूलाई निर्देशन दिएको बताईएको छ ।