२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दाङमा गुडिरहेको बसमा आगलागी


0
Shares

तुलसीपुर । दाङमा गुडिरहेको यात्रुवाहक बसमाथि आज बिहानै आगलागी भएको छ ।

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले जानकारी दिनुभयो ।

आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त बस आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५/१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।