१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई बर्ष भित्र सबैको घरमा बिजुली पुग्छ: मन्त्री पुन


0
Shares

कपिलवस्तु । उर्जा मन्त्री वर्षमान पुनले दुई बर्ष भित्र सबैको घरमा बिजुली पुर्‍याउने बताउनुभएको छ ।

आज कपिलवस्तुको महाराजगञ्जस्थित सव स्टेसनको उद्घाटन गर्दे उहाँले अहिले ९२ प्रतिशत जनता बिजुलीको पहुँचमा रहेको बताउनुभएको हो ।

एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा देश भरका २६ बटा सवस्टेशन निर्माणका क्रममा रहेको छ ।

कपिलवस्तुका बुद्धभूमि र शुद्धोधन गाउँपालिकामा समेत ३३/११ केभिएका सव स्टेशन निर्माणको अन्तिम चरणमा रहेको आयोजना प्रमुख बोदराज ढकालले बताउनुभयो ।