
कञ्चनपुर । कञ्चनपुरमा अवैध उत्खननका कारण नदीमा बनाइएका संरचनाहरु भत्किएको पाइएको छ ।
बेदकोट नगरपालिका ४ बगुन खोलामा भएको अवैध उत्खननका कारण नदीमा बनाइएको महाकाली सिंचाई आयोजना तेस्रो चरणकोे संरचना निर्माण कार्य पुरा नहुँदै भत्किएको हो ।
सन् २०२२ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सिंचाइ आयोजनाको हालसम्म मुल नहर निर्माणको काम पूरा हुन सकेको छैन ।
तर अधिकांश ठाउँहरुमा भने नदीमा बनाइएको संचनाहरु भत्किसकेका छन् ।
मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भएकाले नदीमा बनाइएका संरचनाहरु भत्किएको महाकाली सिंचाइ आयोजना तेस्रो चरण कार्यालयका प्रमुख रणबहादुर बमले बताउनुभयो ।
उहाँले हालसम्म मुल नहर निर्माणको काम नसकिएको बताउँदै बनाइएका संरचनासमेत भत्किदै गएकाले काम सम्पन्न गर्न थप चुनौतीपूर्ण देखिएको बताउनुभयो ।
१५ वर्षमा सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाले १३ वर्षमा ५० प्रतिशत मात्रै मुल नहर निर्माण गरेको छ ।
कञ्चनपुरको ब्रह्मदेवदेखि चुरेफेदी हुँदै कैलालीको गेटा, मालाखेती र कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवन बस्ती तथा महाकाली पारी दोधरा चादनी गरी करिब ३५ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्