
अछाम । १७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल अछाम सिल गरिएको छ ।
अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सबै सेवाहरु अनिश्चितकालकालागि बन्द गरीएको हो । संक्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।
अस्पताल सिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्