१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीका नागरिकले १८ वर्ष पछि पाए लालपुर्जा, ‘जलाउने र बाँड्ने एउटै व्यक्ति’


0
Shares

अर्घाखाँची । शसस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमण हुँदा लाल पुर्जा जलेर नष्ट भएपछि जिल्लानै नक्साविहीन बनेको थियो ।

जसका कारण यहाँका नागरिकको जग्गा सम्बन्धी सामन्य काममा पनि समस्या हुँदै आएको थियो ।

केहि वर्ष यता विशेष नापी कार्यालयले पुर्जा वितरण सुरु गर्न थालेपछि यहाँका नागरिकमा खुशी छाएको छ ।

१८ वर्ष पछि लालपुर्जा पाउँदा अर्घाखाँचीका नागरिक खुशी भएका छन् ।

शसस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाम सन्धिखर्क आक्रमण हुँदा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो ।

स्थानीयले लालपुर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण लिन पनि सकेका थिएनन् भने अन्य जग्गाको कारोबारमा पनि निकै समस्या भएको थियो ।

अहिले विशेष नापी कार्यालय अर्घाखाँचीद्वारा डिजिटल प्रविधिबाट नाप नक्सा पाउँदा निकै खुशी छौ भन्नुहुन्छ छत्रदेव गाउँपालिकाका स्थानीय हरिप्रसाद खनाल ।

शसस्त्र द्वन्द्वको समयमा सदरमुकाम सन्धिखर्क आक्रमण गर्दा नेतृत्व गर्ने पनि मै अहिले जलेका लाल पुर्जा वितरण गर्ने मै भन्नुहुन्छ, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ।

देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यलयको टोलीले पुनः नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको अर्घाखाँचीमा हाल तीन नगरपालिका तीन गाउँपालिका रहेको जिल्ला मा ६१ वटा वडा कार्यालय रहेका छन ।

६१ वडा मध्ये हाल सम्म ४५ वटा वडा कार्यालयमा नाप नक्सा सम्पन्न गरिएको छ भने २९ वटा वडामा लालपुर्जा वितरण कार्य सम्पन्न गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम बहादुर रानाले बताउनुभयो ।

जिल्ला भर हाल ७ वटा टोलीबाट नाप नक्सा भइरहेको छ । यो आर्थिक वर्षमा थप १२ वटा वडामा नाप नक्सा गर्ने योजना समेत रहेको बताइएको छ ।

हालसम्म सन्धिखर्क नगरपालिकाका ५, शितगंगा नगरपालिका ८, भूमिकास्थान नगरपालिका ४, पाणिनी गाउँपालिका ७, छत्रदेव गाउँपालिका ५, मालारानी गाउँपालिका २ वटा वडामा लाल पुर्जा वितरण गर्ने कार्य सम्पन्न भएको बताइएको छ ।

जिल्ला भरमा २०७९ सम्ममा नाप जाँच तथा लाल पुर्जा वितरण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भएको समेत बताइएको छ । भिडियो