१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा राजमार्ग बन्द गरेर किसान सडकमा


0
Shares

काठमाडौं । भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा आन्दोलन चर्काएका किसानहरुले आज दिल्ली जयपुर राजमार्ग बन्द गरेका छन् ।

यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले प्रदर्शन तथा धर्ना दिइ सवारी साधन आवागमनमा रोक लगाएका छन् ।

आन्दोलित किसानहरुले राजमार्गको बीच बाटोमा बसेर प्रदर्शन गर्दा त्यस क्षेत्रको यातायात व्यवस्था अस्तब्यस्त बनेको छ ।

आन्दोलनको १८ औं दिनमा उनीहरुले सरकारलाई दबाब दिने उद्देश्यसहित आन्दोलनको गर्दै आएका हुन् ।

आन्दोलनकै क्रममा सरकार र किसानका प्रतिनिधिबीच भएका वार्तामा कुनै सहमति भएको छैन ।

आन्दोलनमा पञ्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसानहरु सहभागी भएका छन् ।

सरकारले ल्याएका तीन कृषि कानून किसान विरोधी र व्यावसायिक घरानालाई पोस्ने खालको रहेको आन्दोलित किसानको आरोप छ । एजेन्सी