
काठमाडौं । नेपाली कााग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले उखु किसानको माग सरकारले तुरुन्तै पूरा गर्नुपर्ने बताउनु भएको छ ।
आफ्नो उखुको मोल चिनी उद्योगहरुबाट नपाएपछि काठमाडौंमा किसानहरुले प्रदर्शन गरिरहेकाले किसानको माग प्रति आफ्नो पूर्ण समर्थन रहेको समेत पौड्यालले बताउनुभयो ।
सोमबार ट्विट गर्दै पौडेलले उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएकाले उनीहरुको माग छिट्टै पुरा गर्नुपर्ने बताउनुभयो ।
मिल मालिक र सरकारमा रहेकाहरुको लापरवाहीको शिकार उखु किसानहरु बनेको समेत उहाँले आरोप लगाउनुभयो ।
उखु किसानले सर्लाहीबाट आएर हिजोदेखि राजधानीमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले चिनी मिल मालिकबाट ९० करोड उठाउन बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्