१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साहित्य र कलाको माध्यमबाट जातीय सद्भाव, भौगोलिक एकता कायम राख्न सकिन्छ : मन्त्री भट्टराई


0
Shares

काठमाडौं, मंसिर २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६३औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताउनुभएको हो ।

साहित्य र कलाको माध्यमबाट देशमा जातीय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उहाँको भनाइ छ ।

प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयहरुलाई कलमको माध्यमबाट उजागर गर्न अझ बढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो ।

प्राज्ञिक व्यक्तिहरुले नै समाजलाई सही मार्गदर्शन दिन सक्ने भएकाले देशको एकता झल्काउने विषयमा कलम चलाउन उहाँले सुझावसमेत दिनुभयो ।