२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन सुरु


0
Shares

काठमाडौं, मंसिर २९ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन सुरु भएको छ ।

विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सुरु गरेको हो ।

वनमा रहेका ६०० ओटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डअनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोहीअनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ ।

विमानस्थलको अनुरोधमा ६०० ओटा रुख हटाउनका लागि नम्बरिङ गर्ने काम भइसकेको छ ।

तर, वनसम्बन्धी कार्यविधिअनुसार विमानस्थलले एक रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ । सोहीअनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ति गरी उपलब्ध गराएपछि डाँडा कटान सुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताउनुभयो ।

ठूला विकासका आयोजनाका नाममा वन विनासलाई नियन्त्रण नगर्दा वन मासिँदै गएको वन संरक्षणकर्मी राजु आर्चायले बताउनुभएको छ ।

विकासको नाममा कुनैपनि आयोजनाले एउटा रुख विनास गरेवापत् २५ ओटा रुख हुर्काउनुपर्ने हुन्छ ।

तर, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दासमेत जग्गा प्राप्ती गरी बिरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिठेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ ।