२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस हिन्दुराष्ट्रको पक्षमा : शशांक


0
Shares

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कांग्रेस एक ढिक्का भए कसैले हराउन नसक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस मोरङले सोमबार विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफ्नो काम पार्टीलाई एक ढिक्का बनाउने भएको पनि बताउनुभयो ।

अर्काे प्रसंगमा महामन्त्री कोइरालाले सरकारको ‘भिजन’ नभएकाले जनताले दुःख पाएको जिकिर गर्नुभयो ।

कोरोना संक्रमण नियन्त्रण, भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै विनादृष्टिको सरकारले जनतालाई दुःख दिएको आरोप उहाँले लगाउनुभयो ।

कांग्रेस हिन्दुराष्ट्रको पक्षमा
यसअघि, सोमबारै गरिएको पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेस हिन्दुराष्ट्रको पक्षमा रहेको बताउनुभएको थियो ।

महामन्त्री कोइरालाले आगामी आमनिर्वाचनमा कांग्रेसले बहुमत हासिल गरे जनमतसंग्रहबाट हिन्दुराष्ट्रको पक्षमा उभिने दाबी गर्नुभएको हो ।

पत्रकार सम्मेलनका क्रममा उहाँले पार्टीको महाधिवेशन फागुनमा हुनसक्ने अवस्था नभएको पनि प्रष्ट पार्नुभयो ।

महाधिवेशन जेठ अन्तिमभित्र हुनसक्ने भन्दै उहाँले त्यसपछि भने कांग्रेसले नयाँ नेतृत्व पाउने बताउनुभयो ।

महामन्त्री कोइरालाले वर्तमान सरकार संघीयताविरोधी रहेको आरोप दोहोर्‍याउँदै सरकार पूर्णरुपमा असफल भएको टिप्पणी गर्नुभयो ।