
काठमाडौं, मंसिर ३० । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३५औं प्राज्ञ सभा आयोजना गरेको छ ।
प्रतिष्ठान स्थापनाको ६२औं वर्ष पूरा गरी ६३औं वर्ष प्रवेश गरेको अवसरमा ३५औं प्राज्ञ सभा मंगलबार काठमाडौंमा बसेको हो ।
सभालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अहिलेको विश्वव्यापीकरणले संस्कृति, साहित्य र इतिहासमा अतिक्रमण भइराखेको बताउनुभयो ।
विद्वान् प्राज्ञहरुको मेहनत र कोसिसले देशको इतिहास, संस्कृतिको संरक्षण हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
नेपालीपन र नेपाली इतिहासको जगेर्ना गर्ने काममा प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसै क्षेत्रमा कलम चलाउनसमेत उहाँले आग्रह गर्नुभयो ।
नेपालको भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल कुनैपनि समृद्ध मुलुकहरुको भन्दा कम नभएको पनि मन्त्री भट्टराईले बताउनुभयो ।
प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा सोमबार राष्ट्रिय कविता महोत्सवसमेत आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्