१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण, १४ को मृत्यु, १,९९६ संक्रमणमुक्त


0
Shares

काठमाडौं, मंसिर ३० । नेपालमा परीक्षणमा कमी आएसँगै कोरोना संक्रमितको संख्यामा पनि कमी आइरहेको छ ।

पछिल्लो २४ घन्टामा सात हजार ११७ नमुनाको मात्रै ‘पीसीआर’ परीक्षण गरिएको छ । जसमा ९३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

थपिएका संक्रमितमध्ये ५८५ पुरुष र ३५१ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । कुल परीक्षणको १३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४३८ संक्रमित थपिएका छन् । काठमाडौंमा ३१०, ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना थपिएका हुन् ।

योसँगै देशभर कुल संक्रमितको संख्या दुई लाख ५० हजार १८० पुगेको छ ।

थप १४ जनाको मृत्यु
नेपालमा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ७३० पुगेको छ ।

थप १,९९६ संक्रमणमुक्त
पछिल्लो २४ घन्टामा एक हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ३८ हजार ५६९ पुगेको छ ।

हाल देशभर नौ हजार ८८१ जना सक्रिय संक्रमित छन् । तीमध्ये संस्थागत आइसोलेसनमा तीन हजार ७७८ छन् भने होम आइसोलेसनमा छ हजार १०३ जना रहेका छन् ।

देशभर ३२१ जनाको आईसीयूमा र ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।