१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : देउवा


0
Shares

काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताउनुभएको छ ।

सरकारले संवैधानिक परिषद् अध्यक्षसहित वहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ट्वीट गर्दै देउवाले यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको उल्लेख गर्नुभएको छ ।

‘उपसभामुख पद खाली राखेर सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ’–सभापति देउवाको ट्वीटमा भनिएको छ ।

त्यसैगरी, कांग्रेस नेता राधेश्याम अधिकारी र गगन थापाले अध्यादेश संवैधानिक मर्मविपरीत भएको टिप्पणी गर्नुभएको छ ।