५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सेयरबजारमा सामान्य ‘करेक्सन’


0
Shares

nepse

काठमाडौं, मंसिर ३० । मंगलबार सेयरबजारमा सामान्य ‘करेक्सन’ आयो ।

उतार–चढावबीच दिनभरजसो सकारात्मक रहेर २१ सय छोइसकेको बजार परिसूचक नेप्से कारोबार स्थगन हुने बेला सामान्य अंकले ऋणात्मक रहेर थामियो ।

नेप्से ५ अंकले ऋणात्मक रहेर दुई हजार ६१ विन्दु कायम भयो ।

यसदिन लघुवित्त, जीवन बिमा र वाणिज्य बैंक समूह हरियो रहेबाहेक अरु समूह रातो रहे ।

यसदिन उत्पादनमूलक समूहको सूचक सबैभन्दा उच्च ११५ अंक अनि निर्जीवन बिमा समूहको सूचक पनि ८१ अंकले ओरालो लाग्यो ।

यसदिन १०३ कम्पनीको सेयर मूल्य घट्दा ५४ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन माहुली सामुदायिक लघुवित्तीय वित्त संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कमाउने कम्पनीमा दर्ज भएका छन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २०५ कम्पनीको ९७ लाख बढी कित्ता सेयर छ अर्ब छ करोड बढीमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।