
काठमाडौं, मंसिर ३० । कोरोना नियन्त्रण तथा उपचार कोषबाट हालसम्म एक अर्ब ४० करोड बढी खर्च भएको जनाइएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले यस कोषको रकममध्ये हालसम्म एक अर्ब ४० करोड ३७ लाख ८४ हजार रुपैयाँ खर्च भएको जनाएको हो ।
कोषमा हालसम्म एक अर्ब ७८ करोड ८२ लाख ६३ हजार रुपैयाँ जम्मा भएको जनाइएको छ ।
मंगलबार सर्वजनिक गरेको आम्दानी तथा खर्च विवरणानुसार कोषमा अब ३८ करोड ४४ लाख ४८ हजार बराबर बाँकी रहेको महालेखाले जनाएको छ ।
यस कोषमा जम्मा भएको रकम कोरोना रोकथाम तथा उपचार, उपचार सामग्रीको आपूर्ति तथा पूर्वाधार निर्माण र सो कार्यका लागि जनशक्ति परिचालनमा खर्च गर्ने सरकारले निर्णय गरेको थियो । सरकारले गत चैतदेखि यो कोष सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्