
काठमाडौं, मंसिर ३० । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पतालमा थप चार–पाँच सय बेड संख्या थप्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको बताउनुभएको छ ।
सहरी विकासमन्त्रीको रुपमा कार्यभार सम्हालेको दुई महिनाको अवधिमा गरेका कामबारे जानकारी दिन मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले वीर अस्पतालभित्रको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको बताउनुभयो ।
उहाँले सरकारको पहिलो दायित्व र जिम्मेवारी नै नागरिकहरुको जीउ–ज्यानको सुरक्षा गर्नु रहेकोले आफूले स्वास्थ्य पूर्वाधार निर्माणमा नै सबैभन्दा बढी ध्यान दिएको बताउनुभयो ।
तर, पछिल्लो समय देखिएको भिडभाडले भयाभह र अस्वाभाविक स्थिति निम्त्याउन सक्नेसमेत उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा आफूले कार्यभार सम्हालेको दुई महिना अवधिमा गरेका कामहरु र आगामी दुई महिनाका लागि तयार पारेको योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्