१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकै दिन ७ सय बढीको मृत्युपछि फ्रान्समा पुनः लकडाउन, क्रिसमस घरमै मनाउन सुझाव


0
Shares

काठमाडौं । फ्रान्समा दोस्रो पटक लकडाउन सुरु भएको छ । कोरोना महामारी जारी रहेकाले फ्रान्समा दोस्रो पटक लकडाउन जारी गरीएको हो ।

क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन जारी गरीएको हो । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।

लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहरु बन्द गरिएको छ । फ्रान्समा एकै दिन ७ सय भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि आगामी जनवरी २४ सम्म लकडाउन गरिएको हो ।

दैनिक संक्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि लकडाउन जारी गरेको समाचारमा जनाइएको छ ।

युरोपका अन्य देशहरुमा पनि महामारी फैलन सक्ने भन्दै क्रिसमसको पूर्वसन्ध्यामा कडाइ गरिएको छ ।

सार्वजनिक क्लब तथा रेष्टुरेन्टहरु बन्द गराइएको छ भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ । एजेन्सी