२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


सडकबाट २० फिट तल खस्दा पनि भिटारा ब्रेजाका यात्रु सुरक्षित, तस्बिर भयो भाइरल


0
Shares

काठमाडौं । भारतीय सञ्चार माध्यमहरुमा हाल एउटा कारको तस्बिर निकै नै भाइरल बनेको छ । मारुती सुजुकी भिटारा ब्रेजाको सो दुर्घटनाग्रस्त तस्बिरले सो कार सुरक्षित भएको प्रमाण समेत प्रस्तुत गरेको बताइएको छ ।

मारुती सुजुकी भिटारा ब्रेजाको सो कारमा चार यात्री सवार थिए । यो दुर्घटना सम्भवतः डिसेम्बर २०१९ मा भएको थियो ।

यसको सटिक विवरण वा दुर्घटनाको परिस्थितिको वारेमा केही बताइएको छैन । यद्यपि सो कार दुर्घटना भएर सडक देखि कमसेकम २० फिट तल खसेको बताइएको छ ।

नियन्त्रण गुमाए पश्चात कार दुई पटक पल्टिएको भए पनि यसमा भएका यात्रीलाई कुनै चोटपटक नलागेको बताइएको छ । सो दुर्घटना महाराष्ट्रको सतारामा भएको थियो ।

सो तस्बिरलाई सुभम कदमले सेयर गरेका छन् । सो तस्बिरमा कारको अवस्था पनि स्पष्ट रुपमा देख्न सकिन्छ ।

कारको फ्रन्ट भागमा खासगरी बायाँतिर बढी क्षति भएको छ । त्यसैगरी बोनटको दुवैतिर केही खराब भएको छ । अघिल्लो भागको विन्डस्क्रिन पनि टुटेको छ । छतमा पनि नोक्सान पुगेको छ ।

ओआरभीएम र रियर विन्डस्क्रिन पनि टुटेको छ । अनि रियर क्वाटर ग्लास र टेललाइट पनि टुटेको छ भने क्याबिन भने धेरै हद सम्म राम्रो छ । यसका कारण पनि भित्र रहेका यात्री सुरक्षित भएका हुन सक्छन् ।

मारुती सुजुकी भिटारा ब्रेजाको यो बीएस४ मोडल हो । यसमा १.३ लिटरको टर्बो डिजेल इन्जिनको प्रयोग गरिएको छ । यसले ९० पीएसको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यसमा ५–स्पिड म्यानुअल र एएमटी थियो । नेपाल अटो