
चितवन । चितवन जिल्ला भित्रका २ हजार भन्दा बढी संघसंस्थाले ५ वर्षसम्म पनि नविकरण नगरेको पाइएको छ ।
नविकरण नै नगरी २ हजार ३ सय ६९ संघसंस्था सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रशासनले सूचना जारी गरेर ३ महिनाभित्र नविकरण गर्न आह्वान गरेको छ । ती संघसंस्थालाई अन्तिम मौका दिने गरी प्रशासनले नामसहित सूचना सार्वजनिक गरिएको हो ।
३ महिनाभित्र नविकरण गर्न मौका दिएको सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्