
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला गरिएको छ ।
लामो समयदेखि बन्द रहेको मन्दिर खुलेसँगै बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार हाल भक्तजनहरुलाई पश्चिमतर्फको सानो ढोकाबाट प्रवेश गराउने र पश्चिमतर्फकै ठूलो ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ । भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ ।
ढोकाबाट प्रवेश गर्नुअघि हात स्यानिटाइज्ड गर्नुपर्छ । जुत्ताचप्पल राख्ने ठाउँमा पनि हात धुने र स्यानिटाइज्ड गर्ने व्यवस्था मिलाइएको छ ।
त्यहाँबाट अगाडि बढेपछि तापक्रम नाप्ने कोठामा जानुपर्छ । त्यहाँ जडान गरिएको अटोमेटिक मेसिनले भक्तजनको तापक्रम रेकर्ड गर्छ ।
यदि बढी तापक्रम देखाएमा भक्तजनलाई त्यहीँबाट फर्काइन्छ ।
सामान्य तापक्रम भएकाहरुलाई भौतिक दुरी कायम गरी लामबद्ध भएर पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न दिइन्छ ।
प्रतिक्रिया दिनुहोस्