
काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपतिको भूमिका विवादास्पद भएको भन्दै आपत्ति जनाएको छ ।
अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै संवैधानिक राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकको जस्तो देखिएको भन्दै राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर एकलौटी ढंगबाट अघि बढ्न खोजेको भन्दै तरुण दलले विरोध जनाएको हो ।
उपसभामुख पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै तरुण दलले अध्यादेश फिर्ता लिन र अध्यादेशका आधारमा कुनै निर्णय नगर्न पनि सरकारलाई सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्