१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यादेश ल्याएर ओलीले संवैधानिक व्यवस्थामाथि नै खेलवाड गरेः भिमार्जुन आचार्य


0
Shares

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थामाथि नै खेलवाड गरेको संविधानविद् भिमार्जुन आचार्यले आरोप लगाउनुभएको छ ।

पार्टीको आन्तरिक विवादमा रुमलिएका प्रधानमन्त्री ओलीले जुनसुकै बाहानामा अध्यादेश ल्याएपनि त्यो मुलुकको प्रचलित विधि र विधानको उल्लंघन भएको आचार्यको बुझाई छ ।

अध्यादेश आफैमा कानूनको कमजोर रुप भएको बताउँदै आचार्यले संविधानको परिकल्पना भन्दा बाहिर गएर अध्यादेश ल्याउनै नमिल्ने तर्क गर्नुभयो ।

संवैधानिक परिषदको बैठकमा नगएर सभामुख सापकोटाले भुल गरेको बताउँदै आचार्यले हतारमा अध्यादेश जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कमजोरी गरेको औल्याउनुभयो ।