१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बार्सिलोनाले हरायो रियाल सोसिडाडलाई


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल सोसिडाडलाई २–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन योर्डी अल्बा र फ्रेङ्की डे योङले एक एक गोल गरे ।

पराजित टोली सोसीडाडका विलियन होजेले पहिलो गोल गरेका थिए । यो हारसँगै सोसिडाड ला लिगाको अंक तालिकाको शिर्ष स्थानबाट दोस्रो स्थानमा झरेको छ ।

ला लिगामा सोसिडाडसँगै एथ्लेटिको मड्रिड र रियाल मड्रिडको पनि समान २६ अंक छ ।

तर गोल अन्तरको आधारमा एथ्लेटिको शिर्ष स्थानमा रहँदा सोसिडाड दोस्रो तथा रियाल मड्रिड तेस्रो स्थानमा छ ।

१२ खेलबाट २० अंक जोडेको बार्सिलोना भने पाँचौ स्थानमा उक्लिएको छ । एजेन्सी