१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्पको हारप्रति इरान खुशी


0
Shares

काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति पद गुमाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

इरानी टेलिभिजनमार्फत भाषण दिँदै राष्ट्रपति रुहानीले अमेरिकी राष्ट्रपति पदमा बाइडेन विजयी र ट्रम्पको हारमा आफूलार्ई खुशी लागेको प्रतिक्रिया दिुनुभएको हो ।

भाषणकै क्रममा राष्ट्रपति रुहानीले ट्रम्पको शासनकालमा बिग्रेको इरान र अमेरिकाको सम्बन्ध बाइडेनको कार्यकालमा सुध्रिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति रुहानीले ट्रम्पकै आदेशमा इरानका सेना प्रमुख कासीम सलेमाीको हत्या भएको दाबी गर्दैै ट्रम्पका कारण अमेरिका र इरानको सम्बन्धमा तुषारापात आएको बताउनुभयो ।

राष्ट्रपति पदबाट हार ब्यहोरेपछि ट्रम्प इरानमा मिसाइल आक्रमण गर्ने तयारीमा रहेको जानकारी आफूले पाएको रुहानीको भनाइ छ ।

जो बाइडेनलाई रुसले राष्ट्रपति पदमा नियुक्त भएकोमा बदाई दिएकै बेला इरानी राष्ट्रपतिको यो भनाई सार्वजनिक भएको हो । एजेन्सी