
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले गीत रेकर्ड गराउनु भएको छ । सांगितिक समुह सुर सुधासँग मिलेर उहाँले गीत रेकर्ड गराउनुभएको हो ।
जसमा उहाँले मृत्युञ्जयको मन्त्रोच्चारण गर्नुभएको छ । गायनमा पनि रुचि राख्ने कोइराला अहिले यसै गीतको छायाकंनमा व्यस्त हुनुहुन्छ ।
गायनमा पोख्त नभएपनि रुचिका कारण गायनमा लागेको उहाँले प्रतिक्रिया दिनुभएको छ ।
कोइरालाले यसअघि पुस्तक पनि लेख्नु भएको थियो । क्यान्सरलाई जितेपछि कोइरालाले ‘हिल्ड’ नामक पुस्तक लेख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्