
काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रफेसनल्स २०२० युके’ को शीर्ष तीनमा पुग्नु भएको छ ।
बुधबार राति आमाले बाल्यकालमा खुवाउने गरेको खाजा पस्किएर उहाँ मास्टर सेफको शीर्ष तीनमा पुग्न सफल हुनु भएको हो ।
नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिएका थिए।
सन्तोषले प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी र खिर लगायतका परिकार तयार पारेका थिए । आज प्रतियोगिताको फाइनल हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्