१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोखरा-मुक्तिनाथमा केबुलकार बन्ने


0
Shares

काठमाडौं । पोखरादेखि मुक्तिनाथसम्म केही वर्षपछि केबुलकारमा जान पाइने भएको छ ।

पोखरादेखि मुक्तिनाथसम्मको करिव ८० किलोमिटरको केबलकारका लागि डीपीआर तयार भएको छ ।

मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको उक्त केबलकारको डीपीआर लगानी बोर्डमा पेश भएको छ ।

लगानी बोर्ड र प्रालिबीच भएको सम्झौता अनुसार १४ मंसिरमा डीपीआर पेश भएको हो ।

नेपालकै लामो केबलकारको रुपमा बन्न लागेको उक्त परियोजना कास्कीको विरेठाँटी हुँदै घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम भएर मुक्तिनाथसम्म पुग्नेछ ।