१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ


0
Shares

काठमाडौं । उदयपुर प्रहरीले प्रतिबन्धित लागू औषध सहित ५ जनालाइ पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका २ गाईघाट सडक खण्डमा लागू औषध कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षका रेवत कुमार खाति, ३४ बर्षिय रोहित कुमार चौधरी, ३३ बर्षिय जगसन राई, ३२ वर्षिय दवेन्द्र मगर र पर्वत दाहाल रहेका छन् ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख भीम दाहालले जानकारी दिनुभएको छ ।