२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फ्रान्सेली राष्ट्रपतिको लेबनान भ्रमण स्थगित


0
Shares

एजेन्सी । कोरोना भाइसरको संक्रमण देखिएपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको लेबनान भ्रमण स्थगित भएको छ । मंगलबार र बुधबार लेबनान जाने तयारी गर्नुभएका उहाँको कोरोना पोजेटिभ देखिएपछि भ्रमण समेत स्थगित भएको हो ।

बिहीबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि म्याक्रोँ आगामी सात दिनको लागि आइसोलेसनमा बस्न लाग्नुभएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आफू आइसोलेसनमा रहे पनि अनलाइनबाट गर्न मिल्ने कामहरू भने जारी राखिने छ ।

यसैबीच उहाँकी श्रीमती एवं प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षणमा भने कोरोना भाइरस नेगेटिभ देखिएको छ । राष्ट्रपति म्याक्रोँलाई केही लक्षणहरू पनि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उहाँको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्नेछ ।