६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आमा बन्दै नेहा कक्कर


0
Shares

एजेन्सी । भारतीय गायिका नेहा कक्कर आमा बन्ने भएकी छन् । विवाह गरेको दुई महिनामा उनले आमा बन्न लागेको जानकारी दिएकी छन् । सामाजिक सञ्जाल इंस्टाग्राममा राखेको एक तस्बिरमा उनको पेट बढेको देखिएको छ ।

नेहाले राखेको तस्बिरमा उनका पति रोहनप्रित सिंह पनि देखिएका छन् । सोही तस्बिर रोहनले आफ्नो इंस्टाग्राममा राखेका छन् । तस्बिर राख्दै नेहाले ‘ख्याल राख’ भनेकी छन् भने रोहनले ‘अब त झन् धरै ख्याल राख्नुप¥यो नेहु’ भन्दै कमेन्ट गरेका छन् ।

तस्बिरमा उनका शुभचिन्तकले बधाई दिएका छन् । नेहाका दाइ टोनी कक्करले पनि ‘म मामा बन्नेछु’ भन्दै तस्बिरमा कमेन्ट गरेका छन् । यस्तै जय भानुसाली, रोचक कोहली, हर्षदीप कौर, अलि अवरामसहित अन्य स्टार कलाकारहरूले पनि नेहा र रोहनलाई बधाई दिएका छन् ।
नेहा र रोहनको यसै वर्ष २४ अक्टोबरमा विवाह भएको हो ।