१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पल्सर स्पोर्टस अवार्डमा महिलाको बाहुल्यता

गौरिका देखि सावित्रासम्म पिपुल्स च्वाइस अवार्डको मनोनयनमा

0
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयनमा ५ खेलाडीमध्ये ४ महिला खेलाडी छन् ।

गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उच्च प्रदर्शन गरेका र वर्षभर चर्चामा रहेको मध्येबाट ५ खेलाडीको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको हो ।

यस पटक १३ औं सागमा ४ स्वर्ण पदक जितेकी गौरिका सिंह, दोहोरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ पनि मनाेनयनमा छन् । भलिबलकी कप्तान अरुणा शाही, बास्केबलकी कप्तान सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी पिपुल्स च्वाइसको मनोनयमा परेका छन् ।