
काठमाडौं । गृह मन्त्रालयको शुक्रबारको बैठकले १८ कर्मचारीको सरुवा गरेको छ । मन्त्रीस्तरीय बैठकले १८ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।
बैठकले गृह मन्त्रालयका सह–सचिवद्धय ढुण्डीप्रसाद निरौला र बासुदेव दाहाललाई क्रमशः ललितपुर र धनकुटाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
यस्तै, धनकुटाका प्रजिअ केशवप्रसाद बिमलीलाई महोत्तरीमा, रामेछापकी रुद्रादेवी शर्मालाई गुल्मीमा, पाँचथरका अर्जुनकुमार शर्मालाई रामेछापमा सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सरुवा हुनेहरूको नामावली प्रकाशित गरेको छ । हेर्नुहोस् सरुवा हुने अधिकारीहरूको बिवरण :–

प्रतिक्रिया दिनुहोस्