१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कंगना रनौतविरुद्ध मुद्दा दर्ता


0
Shares

एजेन्सी । विवादास्पद टिप्पणीका कारण चर्चामा आइरहने बलिउड नायिका कंगना रनौतविरुद्ध अदालतमा मुद्दा परेको छ । राष्ट्रिय लोक समता पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र कुशवाह माथि टिप्पणी गरेपछि उनीविरुद्ध अदालतमा मुद्दा परेको हो ।

अध्यक्ष कुशवाहले अदालतमा मुद्दा दर्ता गराएको पुष्टि गरेका हुन् । कंगनाले तीन सेप्टेम्बरमा ट्वीटरमा आफूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको र यस्ता किसिमका टिप्पणी सह्य नहुने भन्दै अध्यक्ष कुशवाहले मुद्दा दर्ता गरेका हुन् ।

कंगनाले उपेन्द्र कुशवाहको चुनावी सभाको मजाक गरेको एक ट्वीटलाई रिट्वीट गरेकी थिइन् । एक ट्वीटर प्रयोगकर्ताले उपेन्द्र कुशवाहको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तस्बिरमा उनको साथमा अन्य केही नेताहरू पनि देखिएका थिए । उक्त तस्बिरमा सबै नेताहरूलाई लुटियन्स, लिबरल, जिहादी, आजाद कश्मीर, अर्बन नक्सल, कम्युनिष्ट र खालिस्तानी बताइएको थियो ।

अध्यक्ष कुशवाहविरुद्ध गरिएको उक्त ट्वीटलाई रिट्वीट गरेपछि कुशवाहले कंगनाविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।