
काठमाडौं । परीक्षणमा कमी आएसँगै नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जनाको परीक्षण हुँदा ७ सय ८२ जनामा संक्रमण देखिएको छ । यो कूल परीक्षणको करिब १४ प्रतिशत हो ।
काठमाडौं उपत्यकामा २ सय ८७ संक्रमित थपिएकामा काठमाडौंमा २ सय २, ललितपुरमा ७६ र भक्तपुरमा ९ जना रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।
यस्तै, थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २९ जना संक्रमणमुक्त भएसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।्
हाल ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ४ सय ८३ र होम आइशोलेशनमा ५ हजार ८ सय ३४ जना रहेका छन् । देशभर २ सय ८३ जनाको आईसीयूमा र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्