१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई दिन बिदा दिने अवधारण ठिक : मन्त्री भट्टराई


0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले दुई दिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गर्नुभएको छ । शुक्रबार पर्यटन मन्त्रालयमा कर्मचारी लगायत सबैलाई दुई दिनको बिदाले पुर्नताजगी गराउने र आन्तरिक पर्यटनलाई पनि टेवा दिने भएकोले सरकारले अघि सारेको प्रस्ताव उचित रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले तत्काल बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन तयारी गर्नु पर्ने पनि उल्लेख गर्नुभयो । सरकारले आन्तरिक भ्रमण वर्ष भनेर घोषणा नगरे पनि यसैलाई जोड दिनेगरी बनाइरहेको उहाँको भनाइ थियो । कोरोनाको जोखिम रहेकाले विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पुरा गरेर पर्यटन बजारलाई बढाउन मन्त्री भट्टराईले ब्यबसायीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कोभिडले नेपाली पर्यटन र पर्यटन अर्थ ब्यबस्थामा परेको प्रभाव बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।