१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्च बारको निर्वाचनः खनाल र शाक्य प्यानलनै बनाएर मैदानमा


0
Shares

काठमाडौं । सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदैछ ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गर्नुभएको छ ।

वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित हुनुहुन्छ भने अर्को वरिष्ठ अधिवक्ता शाक्य प्रोफेसर पनि हुनुहुन्छ ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा अञ्जिता खनाल, सहसचिवमा शोभा कार्की र कोषाध्यक्षमा श्यामकुमार खत्री प्रतिस्पर्धामा छन्।

यस्तै, प्रगतिशील समूहका सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, रमेशराज शर्मा, छबिलाल घिमिरे, लेखनाथ भट्टराई, दिलकुमारी राई र महिला सदस्यमा देवी रेग्मीप्रतिस्पर्धामा छन्।

लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा नमराज रिजाल प्रतिस्पर्धामा छन्। यस्तै, सचिवमा ऋषिरम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की प्रतिस्पर्धामा छन्। प्रतिस्पर्धामा छिन्।

यस्तै, सदस्यहरुमा वियकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी, निर्मला भण्डारी र महिला सदस्यमा अमिता गौतम प्रतिस्पर्धामा छन्।

सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्दै छन् ।

बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।

सर्वोच्च बारका सदस्यमा कोभिडको सङ्क्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ ।

सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामाग्री कागज बाँडने काममा प्रतिवन्ध लगाएको छ ।